Logo
Logo

पार्टीका कारण मुलुक अन्धकारमा फस्यो : मुख्यमन्त्री गुरुङ


दृष्टि संवाददाता



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इगो क्राइसिसले मुलुक अन्धकारमा फसेको आरोप लगाएका छन् । बुधबार बसेको गण्डकी प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री गुरुङले पार्टीभित्रको इगोका कारण मुलुक अन्धकारमा फसेको बताएका हुन् ।

बैठकमा गुरुङले पार्टीका कारण नै सरकार अयोग्य सावित हुने बताएका छन् । ‘पार्टी र दलको अन्तरसम्बन्ध कहाँ हो त्यो छुट्याउनुपर्छ । पार्टीको कारणले सरकार अयोग्य सावित हुन्छ । मुलुक आज ईगो क्राइसिसमा परेका कारण मुलुक अन्धकारतिर गइरहेको छ ।’ उनले भने ।

मुख्यमन्त्री गुरुङले भने, ‘सबै पार्टीले छलफल चलाउनु पर्छ । व्यवस्था चाँही संघीय लोकतान्त्रीक गणतन्त्रको तर रुसी मोडेलको काम गर्ने । पार्टी ठूलो कि सरकार ठू्रलो भन्ने विषयमा छलफल चलाउनुपर्छ ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै धेरै नेताहरु भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाएको छ । ।

प्रतिक्रिया दिनुहोस्