Logo
Logo

भोजपुरमा प्रतिगमन विरोधी गठबन्धनको प्यानल विजयी


दृष्टि संवाददाता


भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको निर्वाचनमा एक्सन राई नेतृत्वको प्यानल निर्वाचित भएको छ । चित्राङ्गत चौलागाईलाई भारी मतले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

राई प्रेस चौतारी माधव नेपाल समुह, प्रेस युनियन र प्रेस संगठनको साझा उम्मेदवार थिए भने चौलागाई प्रेस चौतारी ओली समुह र जनता समाजवादीका पत्रकार समुहका तर्फबाट उम्मेदवार बनेका हुन् ।

उपाध्यक्षमा सुरेन्द्र राई, महिला उपाध्यक्षमा मनिता राई, सचिवमा अर्जुन बस्नेत, सहसचिवमा प्रदिपचन्द्र राई, कोषाध्यक्षमा विवेक राई र समावेशी सह–सचिवमा थिरलाल विक विजयी भएका छन । त्यसैगरी सदस्यमा अर्जुन राई, सौगात गौतम, गोकुल भुजेल र शारदा तामाङ निर्वाचित भएका छन ।

समावेशी सह–सचिव थिरलाल विक, गोकुल भुजेल र शारादा तामाङ निर्विरोध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्