Logo
Logo

प्रदेश १ मा प्रतिगमन विरोधी गठबन्धन प्यानलसहित विजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश १ मा प्रतिगमन विरोधी गठबन्धन प्यानलसहित विजयी भएएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी र अन्य संगठनहरुको गठबन्धन प्यानलसहित विजयी भएको हो ।

अध्यक्षमा केपी ओली पक्षको प्रेस चौतारीका उम्मेदवार मोहन काजीलाई पराजित गर्दै लिलाभल्लभ धिमिरे निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा ओली समूहको प्यानलबाट चुनावी मैदानमा रहेका फिपराज बेघालाई पराजित गर्दै विवेक गौतम निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमा चेम्जोङ, खुला सचिवमा देबन्द्र कार्की, समावेशी सचिवमा सन्तोष यादव, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचति भएका छन् ।

सदस्यहरुमा गोपाल पोखरेल, तोयानाथ भट्टराई, ध्रुब भट्टराई, लिलाराज झापाली, सुरेन्द्र भण्डारी, बिनु तिम्सिना, माला पालुङ्वा, सुशीला पाठक, बिष्णु सुब्बा, यमन दनुवार, पिवी दियाली, प्रमोदकुमार यादव, ब्रम्हदेव यादव र लिलाबहादुर सुनुवार निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्