Logo
Logo

रामेछापमा प्रतिगमन विरोधी गठबन्धन विजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा बद्री नयाँघरे निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी सुमित श्रेष्ठ र सौजन्य कुमार सत्याललाई पराजित गर्दै नयाँघरे निर्वाचित भएका हुन् ।

रामेछापमा अध्यक्ष नयाँघरेकै सबै प्यानल बिजयी भएको छ । उपाध्यक्षद्वयमा कैलाश खत्री र रिता मगर, सचिवमा तुल्सीदेवी श्रेष्ठ, सह–सचिवमा रामचन्द्र विक, सह–सचिवमा सम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा पनि नयाँघर प्यालनकै टिम निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित नयाँघरलेले ३३ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रत्यासी सुमित श्रेष्ठले ३३ र सौजन्य कुमार सत्यालले १ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्