Logo
Logo

एनसिसी बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनसिसी बैंकले ग्राहकलाई विभिन्न प्रकारका सेवासुविधा प्रदन गर्दै आएको छ । बैंकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहक झन् आकर्षित भइरहेका छन् । हालै बागबजार, काठमाडौँस्थित एनसिसी बैंकको केन्द्रीय कार्यालय र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजमा सम्झौता भएको छ ।

बैंक र रिसोर्टबीच एनसिसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो । रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसीपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजा कुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसिसी बैंकका सातवटै प्रदेशमा गरी कूल १२८ शाखा सञ्चालनमा रहेका छन् भने आठवटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैंकले ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्