हेडलाइन्स्
१. नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प दिनसक्ने नेताहरुको भनाइ, सरकारको विकल्पका लागि कांग्रेस प्रयत्नरत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेलको धारणा, सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने महामन्त्री शेखर कोइराको दावी ।
२. विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरु सरकार परिवर्तनको खेलमा लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप, मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्न खोजेको दावी, राजनीतिमा देखिएका शकुनिहरुलाई ठेगान लगाउने चेतावनी ।
३. वृहत मोर्चा बनाएर केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, ओली जति सत्तामा रहन्छन् त्यति नै देशलाई हानी हुने दावी, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीको समीकरणमा छिट्टै नयाँ सरकार गठन हुने दावी ।
४. आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन संघर्षमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ, सिद्धान्त, सत्य र न्यायका लागि आफू कार्यकर्ता माझ जाने निर्णयमा पुगेको दावी, आफूलाई अध्यक्ष र प्रधानमन्त्री नचाहिने पनि स्पष्टोक्ति ।
५. कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अपिल, पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेकोले सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने निर्णय, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय ।
६. नेपाल पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्रतिगमन विरोधी गठबन्धन अत्याधिक मतसहित बिजयी, प्रतिगमन पक्षधर केपी शर्मा ओली समूहको गठबन्धन केही जिल्लामा सिमित, श्रमजीवि पत्रकारका पक्षमा प्रतिवद्ध भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष पोखरेलको प्रतिवद्धता ।
७. नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्या वृद्धि, पाँच वर्षमा १ सय ७ गैँडा थपिए, गैँडा थपिएसँगै नेपालमा गैँडाको संख्या ७ सय ५२ पुग्यो ।
८. नेपाल गद्योग वाणिज्य महासंघद्धारा १० वर्षमा मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको बनाउने महत्वकांक्षी लक्ष प्रस्तुत, लक्ष प्राप्तीका लागि १ सय ५० अर्ब लगानी गर्नुपर्ने ‘भिजन पेपर’ प्रस्तुत, १ सय ८ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने अध्यक्ष शेखर गोल्छाको भनाई ।
९. आहा–रारा गोल्डकपको उपाधि संकटा क्लबले चुम्यो, निर्धारित र थप समयमा १–१ को बराबरीमा खेल टुंगिएपछि पेनाल्टी सुटआउटबाट संकटा जित निकाल्न सफल, अफ्रिकन रुट्स एशोसिएसन ४–२ गोल अन्तरले पराजित ।
१०. जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गर्ने बहराइन सरकारको निर्णय, कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भन्दै आफन्तहरुले विरोध गरेपछि कैँदी रिहा गर्न सरकार बाध्य, मानवअधिकारवादी संगठनका अनुसार राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईको तयारी ।













