Logo
Logo

संसारको ‘फेसन राजधानी’: मेरी क्वान्ट जसले जारी गरिन् यौनिक स्वतन्त्रता


दृष्टि संवाददाता


फ्रान्स । फेसनको राजधानी भनेर फ्रान्सको राजधानीलाई चिनिन्छ । फ्रान्सेली डिजाइनरहरूले लामो समयदेखि विश्वमा सबैभन्दा प्रख्यात र मनपर्ने फेसन ब्रान्डहरू सिर्जना गर्ने गर्दै आएका छ्न ।

२० औं शताब्दीमै फ्रान्सेली फेसन डिजाइनरमा अधिकता देखियो। पेरिसमा हबर्ट डि गिवन्ची र पियरे बाल्मेन जस्ता चर्चित फेसन डिजाइनरहरूको उदय भयो । दुवैले फ्रान्सेली फेसन उद्योगलाई प्रतिष्ठित बनाए । तर त्यहाँ संयुक्त राज्य अमेरिका र इटाली दुवै देशका फेसनको प्रतिस्पर्धा सुरु भइसकेको थियो ।

तर सन् १९६० मा फ्रान्सेली फेसन उद्योगमा महत्वपूर्ण चुनौती खडा भयो । ‘युवा संस्कृति’ लन्डनमा द्रूत रूपमा विकास भइरहेको थियो । मेरी क्वान्ट एक बेलायती फेसन डिजाइनर थिइन् । जसले यौनिक स्वतन्त्रता र आधुनिकताको नाममा छोटा स्कटको फेसन फ्रान्समा जारी गरिन् ।

शैलीगत रूपले नवीन र प्राविधिक एवंम फरकपनका कारण फ्रान्सेली कपडा उद्योगको उल्लेखनीय प्रतिष्ठा १७औं शताब्दीदेखि नै चर्चित र विस्तारित रहेको पाइन्छ ।

फ्रान्सेलीहरू आफ्नो सबैखाले मौलिक डिजाइन विकासको श्रेय १६४३ देखि शासनमा उदाएका राजा लुइस चौधौंलाई दिने गर्छन् । लुइस चौधौंको पालाका पहिरन एवं फेसनहरूको अवशेष भर्साइल दरबारका विभिन्न शैली एवं भर्साइल दरबारबाट प्रभावित भएका विश्वका विभिन्न दरबारहरूमा समेत पाउन सकिन्छ । नेपालमा समेत बनेका कतिपय नवशास्त्रीय वास्तुकलामा बनेका भवनमा तत्‍कालीन समयको फेसनको प्रभाव पाउन सकिन्छ ।

राष्ट्रिय अर्थतन्त्रमा विलासिताका सामानहरूको महत्त्व बुझ्दै लुइसले कपडाको व्यापार लगायत थुप्रै कलात्मक उद्योगहरूलाई शाही दरबारको नियन्त्रणमा ल्याएका थिए । जसले विश्वव्यापी रूपमा फेसन स्टाइलको विस्तारमा सहयोग पुर्यायो । जसका कारण शताब्दीयौंसम्म पनि फ्रान्स उच्च गुणस्तरका कपडा र सामग्रीको लागि चर्चित रह्यो ।

१९ औं शताब्दीको समयदेखि ‘हौट कउचर’को नयाँ शिल्प विकास भयो । हौट काउचरले ग्राहकलाई फिटिङ हुने कपडालाई जनाउँछ । त्यतिबेलासम्म रेडिमेड फेसनको बढी प्रयोग भएको फ्रान्समा नै कउचरले फिटिङ फेसनको सुरुवात भएपछि मान्छेले ठाउँठाउँमा टेलर स्थापना गर्ने र नयाँ फेसनको प्रयोग गर्ने चलन चलाउन थाले ।

हौट कउचर सम्बन्धी उद्योग खोल्ने श्रेय भने चार्ल्स फ्रेडरिक वर्थलाई जान्छ । जसले पेरिसको रुउ डे ला पाइक्समा आफ्नो फेसन व्यवसाय खोलेका थिए । जसमा थुप्रै फेशन हाउसहरू समावेश थिए । जसमध्ये पोल पोइरेट र मेडेलिन विओनेट पनि समावेश छन् । यही उद्योगले चर्चा पाएसँगै छोटो समयमा नै पेरिस एउटा फेशन हबको रूपमा विकास भयो । जबकि फ्रान्सेली डिजाइनहरू विश्वभरि नै एकाएक विस्तार हुँदै गए ।

फ्रान्सको फेसन उद्योग दोस्रो विश्वयुद्धको समयमा निकै कमजोर हुन पुग्यो । त्यहाँको मौलिक फेसनलाई प्रोत्साहन गर्ने फेसन उद्योगहरू बन्द गराइयो र अमेरिकाले आफ्नो उपस्थितिको भरपुर प्रयोग गर्दै आमसञ्चारको प्रयोग गरेर अमेरिकी डिजाइनतिर फ्रान्सेलीहरूको ध्यान आकर्षित गर्यो ।

दोस्रो विश्वयुद्ध पछि बिस्तारै फ्रान्सेली फेसनले पुनर्जागरण गराउँदै थियो । त्यतिबेलासम्म फ्रान्समा इटाली र अमेरिकी फेसनको समेत अवतरण भइसकेको थियो । क्रिश्चियन डायरले दोस्रो विश्व युद्धपछिको फेशन ‘नयाँ लुक’को नामबाट आफ्नो प्रभुत्व जमाउन सुरु गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्