Logo
Logo

शेरचनलाई फसाउन अनेक षड्यन्त्र रच्दै सिआईबी, शाक्य पनि पक्राउ 


3.3k
Shares

काठमाडौं । गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।  बैङ्किङ कसुरको आरोपमा उनलाई बुधवार ललितपुरको जवालोखलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब)ले पक्राउ  गरेको हो ।

यसअघि पूर्वाग्रह साँधेर सिआईबीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जानलाई पक्राउ गरेको थियो । सोही विषयमाथि छानबिनका लागि सिआईबीले शाक्यलाई पक्राउ गरेको हो ।

सिआईबीले शाक्यमाथि प्रभु बैङ्कलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडाैं कर्जा प्रवाह गरी दुरुपयोग गरेको अराेप लगाएको छ । बैङ्किङ कसुर तथा सजाय एने, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरेको सिआईबीको भनाइ  छ ।

वर्तमान अन्तरिम सरकारले आफ्नो काम देखाउने र चर्चा बढाउने नाममा सिआईबी परिचालन गरी प्रभु बैङ्कका सिइओ शेरचनसहित कर्मचारी र शाक्य समेतलाई पक्राउ गरेको हो । पछिल्लो समय सरकारको चर्को आलोचना हुन थालेपछि ध्यान भड्काउन सिआईबी परिचालन गरिएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकसँग छलफल नै नगरी शेरचनलाई पक्राउ गरेको सिआईबीले उनलाई फसाउनका लागि अनेक षड्यन्त्र रचिरहेको स्पष्ट देखिएको छ । यसअघि राष्ट्र बैंकले नै गरेको अनुसन्धानमा कुनै कैफियत नदेखिएको अवस्था थियो । तर, सिआईबीले कैफियत देखिएको बहाना बनाएर उनीमाथि दुःख दिने र फसाउने उद्देश्य राखेर धरपकड गरी पक्राउ गरेको हो ।

यसले प्रभु बैङ्कलाई डुबाउनेसम्मको षड्यन्त्र बुन्न थालेको देखिएको छ । लाखौँको पैसा रहने बैंकमा धरपकड गर्दा तत्कालै बैंक डुब्ने अवस्था आउने खतरालाई समेत नजरअन्दाज सिआईबीले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्