Logo
Logo

खोप लगाएका डाक्टरलाई नै कोरोना


दृष्टि संवाददाता


काठमाडौं । पहिलो र दोस्रोपटक पनि कोरोनाको खोप लगाइसकेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर शाहलाई फेरि कोरोनाले समाएर होम आइसोलेसनमा बसेका छन् । यसबाट खोप लगाए पनि कोरोना संक्रमणबाट बचिन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ ।

पहिला पनि एकपटक कोरोनाको संक्रमणबाट बिरामी भइसकेका साहको स्वास्थ्य स्थिति भने सामान्य नै रहेको पारिवारिक सूत्रबाट थाहा हुन आएको छ । आइतबार साहलाई कोरोना भएको पुष्टि भएपछि निर्देशक साहले एक सूचना जारी गर्दै आफनो सम्पर्कमा आएका सबैलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । भारतबाट झिकाइएको कोभिसिल्ड नामक कोरोनाको खोपमाथि विश्वास नभएर प्रतिष्ठानका धेरै कर्मचारीहरुले खोप लगाएका थिएनन् ।

भारतमा धेरै जना खोप लगाएका व्यक्तिहरुलाई पनि कोरोना संक्रमण भएको समाचार आएपछि हामी केही साथीहरुले खोप लगाएनौँ प्रतिष्ठानका अधिकृत महेश राई बताउँछन् । आइतबार १ नम्बर प्रदेशमा १५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्