Logo
Logo

नौ महिनापछि राजदूतले बुझाए चिनियाँ राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र


दृष्टि संवाददाता


काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । कार्यभार सम्हालेको ९ महिनापछि बुधबार राजदूतले पाण्डेले चिनियाँ राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । बेइजिङको थ्यानमनस्थित ग्रेट हल अफ द पिपुल्समा आयोजित एक समारोहका बीच पाण्डेले राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

प्रमाणपत्र पेस गरेपछि संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीप्रति शुभेच्छा प्रकट गरेका थिए । राजदूत पाण्डेले राष्ट्रपतिको शुभकामना सन्देश सुनाएपछि सीले जवाफमा भने, ‘मेरो शुभेच्छा पनि राष्ट्रपति भण्डारीसमक्ष पु¥याइदिनुहोला । ’

चीनमा सामान्यतया वर्षको ३ पटक विभिन्न देशका राजदूतले ओहदाको प्रमाणपत्र बुझाउने प्रचलन छ । कोभिड–१९ का कारण यसपटक एक वर्षदेखिका राजदूतहरू ओहदाको प्रमाणपत्र बुझाउने प्रतीक्षामा थिए ।

एकैदिन ३१ जना राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले सामूहिक सम्बोधन गर्दै चीनले कोभिड महामारी नियन्त्रणमा सफलता हासिल गरेको बताए।

प्रतिक्रिया दिनुहोस्