Logo
Logo

२४ घण्टामा ५ सय ३४ जनामा कोरोना पुष्टि, पाँच जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट ५ जनाको मृत्यु भएको छ ।

यो सँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

शैक्षिक संस्था बन्द
यसैबीच, कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका भित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेको भन्दै उप महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिएका छन् ।

बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्