Logo
Logo

कोरोना भाइरसका कारण विश्वमा एकैदिन करिब १४ हजारको मृत्यु


दृष्टि संवाददाता


 

काठमाडौं । कोरोनाको सङ्क्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७ सय ७४, भारतमा १ हजार १ सय ८३, अमेरिकामा ८ सय ९५, फ्रान्समा २ सय ९६, रुसमा ३ सय ९८, टर्कीमा २ सय ९७ रहेका छन् ।

इटालीमा ३ सय ८०, जर्मनीमा ३ सय २८, पोल्याण्डमा ६ सय ८२, अर्जेन्टिनामा ३ सय ८३, कोलम्बियामा ३ सय ८०, मेक्सिकोमा ५ सय १८, इरानमा ३ सय २१, युक्रेनमा ४ सय ३३, पेरुमा ३सय ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्