Logo
Logo

आफ्नै साथीबाट राजनीतिक अपराध भयो : यामलाल कँडेल


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमाले सांसदप्रति आक्रोश पोखेका छन् । पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएपछि संसदीय दलका नेता कँडेल आक्रोशित भएका हुन् ।

दृष्टि न्यूजसँग संक्षिप्त कुरा गर्दै कँडेलले पार्टीका जिम्मेवार नेताले राजनीतिक अपराध गरेको आरोप लगाए । उनले भने ‘ हामीले नसोचेको कुरा भयो । आफ्नै साथीबाट गलत काम भयो । यो राजनीतिक अपराध हो । संसदीय दलको बैठक बस्दैछ हामी विधान अनुसार अघि बढ्छौँ ।

एमालेका चार सांसदहरुले ‘फ्लोर क्रस’ गरेपछि शाहीको सरकारले बहुमत पाएको छ । कँडेललाई भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिइसकेको थियो । तर, कर्णालीमा आएको अप्रत्यासित परिणामले एमालेभित्र थप विद्रोह निम्त्याउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्