Logo
Logo

पार्टीको ह्वीप उल्लंघन गर्नेलाई तत्कालै कारवाही हुन्छ : ईश्वर पोखरेल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रको सरकार जोगाउने सांसदहरुमाथि तत्कालै कारवाही प्रक्रिया सुरु हुने बताएका छन् ।

महासचिव पोखरेलले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टी विधान र देशको विद्यमान ऐन कानुन बमोजिम कारवाही हुने बताए । एमालेको संशोधित बिधानले प्रदेशसभाका सदस्यहरुलाई कारवाही गर्ने अधिकार समेत अध्यक्ष केपी ओलीलाई नै दिएको छ ।

विधान र ऐनका प्रक्रिया पूरा गरेर प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बर बहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्