Logo
Logo

कर्णालीमा मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल हेरफेर


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका छन् ।

नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।

उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन् ।

एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएसँगै शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । उनलाई एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले विश्वासको मत दिएका थिए ।

शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन्। यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए।

हाल खाली रहेको सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसी र अर्थ मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई जिम्मेवारी दिइएको छ । कर्णालीमा नेपाली कांग्रेसलाई पनि मन्त्रिमण्डलमा समाबेश गर्न लागिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्