Logo
Logo

सरकारले भन्यो- मोबाइलमा ‘हाई-अलर्ट’ को सूचना आउन सक्छ, नआत्तिनू


0
Shares

काठमाडौं । सरकारले आज काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण गर्दैछ । त्यस क्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपत्कालीन सतर्कता सन्देश जारी हुन्छ ।

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना निकालेर मोबाइलमा आउने आपत्कालीन सन्देशबाट नआत्तिन आग्रह गरेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायहरूले आपत्कालीन प्रसारण प्रणालीको प्रभावकारिता परीक्षण तथा सुरक्षा सतर्कताका लागि यस्ता सूचनाहरू मोबाइलमा पठाउने तयारी भएको हो ।

सम्भावित प्राकृतिक वा अन्य विपद्को बेला नागरिकलाई समयमै सजग गराउन यो प्रणालीको अभ्यास गर्न लागिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000