Logo
Logo

प्रतिनिधिसभा र प्रदेशसभाका १३ स्थान रिक्त, निर्वाचन कहिले ?


दृष्टि संवाददाता


काठमाडौं । पार्टी छाडेर एमालेमा प्रवेश गर्नेलाई माओवादी केन्द्रले धमाधम कारवाही गर्न थालेपछि संघीय संसद ५ र प्रदेशसभामा ८ स्थान रिक्त भएका छन् ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएका आधारमा संघीय संसदको प्रतिनिधिसभामा ४, राष्ट्रियसभामा १ र प्रदेशसभामा ८ गरी १३ स्थान खाली छन् । पछिल्लो पटक गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पद खारेज भएको थियो ।

सांसद पदसँगै उनको मन्त्री पद पनि गएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई पुनः नियुक्ति गरिएको थियो । माओावादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभामा निर्वाचित थापाले प्रतिनिधिसभाको विघटनमा प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएका थिए ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एकतापूर्वको अवस्थामा पुगेपछि उनी एमालेमा लागे । यसअघि प्रतिनिधिसभा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र रौतहट–३ बाटा प्रभु साह एमालेमा प्रवेश गरेपछि उनीहरुको पद पनि खारेज भएको थियो । यी चारै जनालाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री बनाएका छन् ।

त्यस्तै प्रदेशसभा सदस्यहरु प्रदेश १ मा टंक आङ्बुहाङ, प्रदेश २ मा ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र रामचन्द्र मण्डलको पनि पद खारेज भएको छ । लुम्बनी प्रदेशका दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णालीका धर्मराज रेग्मीले पनि प्रदेशसभा गुमाएका छन् । सुदूपश्चिम प्रदेश सदस्य झपट बोहराको पद पनि जानेक्रममा छ । आजको कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्