Logo
Logo

अन्त्य भएको ११ दिनमै गण्डकी प्रदेशको विशेष अधिवेशन आह्वान


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ का लागि आह्‍वान गरिएको छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरे अनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वास प्रस्ताव पेस गरे लगत्तै वैशाख २ गते मुख्यमन्त्री गुरुङले प्रदेशसभा अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

बैठकमा प्रस्तावमाथि छलफल हुने । प्रस्तावित मुख्‍यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ ।

उनी कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुन् । पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।

हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन्। गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्