Logo
Logo

आफ्ना सांसद मन्त्री नियुक्तिबारे जसपा अध्यक्ष यादव बेखबर


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आफूलाई थाहै नदिई चार सांसद मन्त्री भएकाेमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी जनाएका छन् ।

पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको बताउँदै अध्यक्ष यादवले चार सांसद मध्ये तीन जना सरकारमा सहभागी भएकोमा असन्तुष्टी पोखेका हुन् ।

यादवले भने ‘‘दिउँसो ३ बजेसम्म अविश्वास प्रस्ताव दर्ता भएको र हाम्रा पार्टीका सांसदहरुले समेत हस्ताक्षर गरेको भनेर मलाई खबर आइरहेको थियो,’ उनले भने, ‘पार्टीको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय पनि त्यही हो ।’

तर अचानक आफ्ना पार्टीका चार सांसदलाई मन्त्री बनाइएको खबर सुन्दा आश्चर्यचकित भएको उनको तर्क छ । यादवले यस विषयमा बुझ्ने बताइरहँदा तीन सांसदले भने मुख्यमन्त्री शंकर पोखरेल समक्ष सपथ लिइसकेका छन् । जसपा सरकारमा सहभागी भएसँगै लुम्बिनी प्रदेश सरकार जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्