Logo
Logo

अख्तियारलाई स्टिङ अपरेशन रोक्न सर्वोच्चको आदेश


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन रोक्न आदेश दिएको हो ।

आयोगले सरकारी कार्यालयहरुमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । त्यसविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्