Logo
Logo

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवालाहरुद्वारा असन्तुष्टि


दृष्टि संवाददाता


काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको सर्वसाधारणको टिप्पणी छ ।

नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पूजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएकाले केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाइ रहेको छ ।

मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । ‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानवअधिकार र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो’ श्रेष्ठले अगाडि थपे । उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्