Logo
Logo

बालुवाटारमा आकस्मिक बैठक : माधव पक्षका थप नेतामाथि कारबाहीको तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतामाथि समेत कारबाहीको तयारी गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव ल्याउन लागेको भन्दै पार्टीका थप नेताहरुलाई कारबाहीको तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । त्यसैबारे छलफल गर्न आज ओलीले बालुवाटारमा आकसिम्क बैठकले बोलाइएको बताइएको छ ।

स्रोतका अनुसार आजको बैठकमा माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरिएको छ । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै अध्यक्ष तथा प्रधानमन्त्री शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेपछि आज एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको एक नेताको भनाइ छ । सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्