काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १६ बैशाखबाट निषेधाज्ञाको प्रस्ताव गरेको छ । बैठक जारी छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो ।
संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।