Logo
Logo

कपनबाट सालकको खपेटासहित दुई पक्राउ


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटासहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुलबहादुर तामाङ र २० वर्षीय जयराम तामाङलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई आखेटोपहार झोलामा बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता पन्तले बताए । पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्