Logo
Logo

सरकारी आदेश पूर्ण पालना गर्न आग्रह


दृष्टि संवाददाता


काठमाडौं । गृह मन्त्रालयले सरकारी आदेश (निषेधाज्ञ)को पूर्ण पालना गर्न सर्वसाधरणमा आग्रह गरेको छ ।

मन्त्रालयले निषेधाज्ञ जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ ।

गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ सङ्क्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ । काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ ।

मुलुकमा आज झण्डै पाँच हजार नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये करीब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्