Logo
Logo

सिके राउतको बोलि फेरियो, जनमत संग्रहमा सहमति भएको दाबी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ फागुन ।
सरकारसँग ११ बुँदे सहमति गरेर पृथकतावादी गतिविधि त्याग्ने घोषणा गरेको स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतको भोलि फेरिएको छ ।स्वतन्त्र मधेसका लागि जनमत संग्रह गराउने सरकारले सहमति गरेको उनले दाबी गरेका छन् ।


अब तराईका सबै जिल्लामा पार्टी दर्ता गरेर राजनीति गर्ने उनले बताएका छन् । सहमतिको १ नम्बर बुँदामा रहेको,‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइमधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ’ भन्ने वाक्यलाई उनीहरुले जनमतसंग्रहका रुपमा ब्याख्या गरेका छन् ।
यद्यपी सरकारी अधिकारीहरुले यसलाई गलत ब्याख्या भनेका छन् ।
राउत बिहीबार मात्र अदालतको आदेशमा छुटेका थिए ।
यसरी राउत एक्कासी सहमतिमा आउनुलाई धेरैले अनौठो ठानेका थिए । कतिपयले आफ्नो रणनीति बदल्ने नीतिका रुपमा समेत ब्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्