Logo
Logo

निषेधाज्ञामा कुनै राजनीतिक पूर्वाग्रह छैन : उपप्रधामन्त्री


दृष्टि संवाददाता


काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुराकानीमा उनले संक्रमण रोकथाम तथा नियन्त्रणमा सबै हातेमालो गर्दै अगाडि बढ्न अपीलसमेत गरे । कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको भन्दै उनले अहिले लागू गरिएको निषेधाज्ञा फैलिँदो संक्रमणलाई ‘चेन ब्रेक’ गर्न भएको बताए ।

सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको समेत उपप्रधानमन्त्री पोखरेलले स्पष्ट पारे । निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि बताउँदै उनले भने, ‘अहिलेको निषेधाज्ञालाई कुनै राजनीतिक पूर्वाग्रह र उद्देश्यका रूपमा नहेर्न आग्रह गर्छु ।’ जनता आफैंपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्