Logo
Logo

थप कडाइ गरिँदै निषेधाज्ञा, काठमाडौंमा सिडियोद्वारा अनुगमन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण झनै बढ्दै गएपछि काठमाडौं प्रशासनले जारी निषेधाज्ञामा थप कडा पारेको छ । शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।


उक्त निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) कालीप्रसाद पराजुली आफैँ अनुगमनका लागि सडकमा निस्केका छन् । उनले शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसाथ निषेधाज्ञाको अनुगमन गरेका छन् ।
अनुगमनपछि उनले अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किन आग्रह गरे । यदि सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।
क्षेत्रपाटी, कालिकास्थान, वीर अस्पताललगायत स्थानमा अनुगमन ठाउँमा टोली पुगिसकेको छ । क्षेत्रपाटीको ५० बेडको अस्पताल बनाउन भवन भेटिएको प्रजिअ पराजुलीले बताए । मृत्युदर बढिरहेकाले शव व्यवस्थापन, जलाउने स्थानको व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्