Logo
Logo

नेपाल सुपर लिग : धनगढी शीर्ष स्थानमा


दृष्टि संवाददाता


काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६४औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै धनगढीलाई ३-० ले जिताए । धनगढीका निशान लिम्बू ‘प्लेयर अफ दी म्याच’ चुनिए ।

जितसँगै धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ । चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्