Logo
Logo

निषेधाज्ञालाई थप कडाइ गरिने, अब बेलुका पसल खोल्न नपाइने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निणर्य गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि हान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिइएको थियो ।

त्यस्तै सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय भएको पनि पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्