Logo
Logo

२५ हजार पर्ने रेम्डिसिभिर औषधि २ लाख २० हजारमा बेच्ने एक पक्राउ



काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले गोरखाका रसिक मियालाई पक्राउ गरेको हो ।

२५ हजार पर्ने रेम्डिसिभिर औषधिलाई २ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा मियालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् ।

उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरी अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले बताए ।

प्रतिक्रिया दिनुहोस्