Logo
Logo

सुपर लिगमा मंगलबारदेखि प्लेअफ चरणका खेल


दृष्टि संवाददाता


नेपाल सुपर लिग (एनएसएल) प्ले–अफ चरणका खेलहरु मगंलबारदेखि सुरु हुँदै छ। प्ले–अफको पहिलो खेलमा भोलि शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसी खेल्नेछन्।

यो खेलको विजेताल सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोेलीले भने एलिमिनेटर खेल्ने मौका पाउनेछ। लिगको ६ खेलमा ४ मा जित एकमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौ १३ अंक जोड्दै शीर्षस्थानमा रहेर प्लेअफमा पुगेको थियो।

यता ३ खेलमा जित, १ मा बराबरी र दुई खेलमा पराजित धनगढी एफसी भने १० अंकमा दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।लिग चरणको खेलमा धनगढीले काठमाडौलाई ३–० को फराकिलो अन्तरले हराएको थियो।

भोलिको खेलमा धनगढी सोही नतिजालाई दोहोराउने योजनामा हुँदा काठमाडौ भने लिग चरणको हारको बदला लिन चाहन्छ। दोस्रो प्ले अफको खेलमा पर्सि तेस्रो स्थानमा रहेको ललितपुर र चौथो स्थानमा रहेको बुटवल लुम्बिीनीसँग बुधबार खेल्नेछ।

यो खेलको विजेताले पहिलो खेलमा पराजित टोलीसँग एलिमिनेटरमा खेल्नेछ। लिग चरणमा ललितपुरले बुटवललाई १–० ले पराजित गरेको थियो। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्