Logo
Logo

फुटसलको ‘ए’ डिभिजन लिग स्थगित


दृष्टि संवाददाता


काठमाडौं । ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कोरोना भाईरसको महामारीको कारण अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

फुटसलको ‘ए’ डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहूदेशीय कभर्डहलमा संचालन हुने तालिका थियो । लिगका लागि एन्फाले टिमहरुको छनोट समेत गरिसकेको थियो ।

लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले बताईएको थियो । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।

एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गर्ने समेत जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्