Logo
Logo

३० हजार घुससहित अधिकृत र लेखापढी व्यवसायी पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३० फागुन ।

सव डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी ( मध्यस्थकर्ता) पुष्प जोशी घुससहित पक्राउ परेका छन् ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मुद्दा कमजोर बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले ३० हजार रुपैयाँ घुससहित कार्यालय परिसरबाटै बुधबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्