Logo
Logo

२४ घण्टामा ८९६० जनामा कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरण अनुसार २४ घण्टामा आठ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको हो ।

यो पछिल्लो दिन बढीरहेको तथ्यांकको तुलनामा केही कम हो ।

यस्तै, २४ घण्टामा ५ हजार ५५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने २ सय १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ छ ।

प्रतिक्रिया दिनुहोस्