Logo
Logo

माधव समूहले राजीनामा नदिने, नयाँ सरकार नबन्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । बिहीबार बुढानिलकण्ठमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको चार घण्टा लामो वार्तापछि नेपालले राजीनामा टरेको बताएका हुन् ।

वार्ताका क्रममा पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको नेता नेपालले जानकारी दिए ।

अध्यक्ष ओली र नेता नेपालबीच पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट पुर्नजवीवित गर्ने र त्यसपछिका गतिविधिहरु पार्टीभित्रको सहमतिको आधारमा फिर्ता वा खारेज गर्ने विषयमा समेत छलफल भएको छ । सोहिअनुसार छलफलाई निरन्तरता दिने कुरा भएको उनले जानकारी दिए। ‘कुरा जारी छ, विभिन्न तहमा छलफल गर्ने दिशामा अघि बढेको छ,’ नेता नेपालले बैठकपछि भने।

योसँगै नेपाल समूहको राजीनामा पर्खिएका कांग्रेस र माओवादीलाई नयाँ सरकार बनाउन धक्का लागेको छ । तर, नयाँ सरकार गठनको सम्भावना अझै टरेको छैन । सिंगो जसपा नयाँ सरकारको लागि तयार हुने हो भने नयाँ सरकार बन्न सक्छ । तर, त्यो सम्भावना न्यून हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्