Logo
Logo
जाङ्गबु शेर्पा

कोरोना जितेको डेढ साता मै सगरमाथा आरोहण


दृष्टि संवाददाता


बैशाख २८ गते बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा चुचुरोमा नेपाली झण्डा सहित जाङ्गबु ।

काठमाडौं । जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । विश्व किर्तिमान कायम गरेका शेर्पाले कोरोनाबाट सञ्चो भएको डेढसाता मै बहराइनका राजकुमारसहितको टोली सँगै सगरमाथा आरोहरण गरेका हुन ।

कीर्तिमानी आरोही शेर्पाले वैशाख २८ गते मंगलवार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहरण गरेका हुन् । उनले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए । बहराइनको राजकुमारको टोलीसँगै काठमाडौबाट २२ चैत २०७७ मा बेस क्याम्प प्रस्थान गरेका थिए ।

जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या भएपछि उनी ७ बैशाख २०७८ मा हेलीकप्टरमा काठमाडौ आएका थिए । काठमाडौ चेकगर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो

संक्रमण पुष्टि भएपछि उनी ६ दिन अस्पताल बसे भने ६ दिन होम आइसोलेसनमा बसे । कोरोना मुक्त भएलगत्तै उनी फेरि बैशाख १९ गते सगरमाथा बेश क्याम्प तिर लागेका थिए । उनले बैशाख २८ गते सगरमाथा सफल आरोहरण गरेका थिए ।

उनले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमितलाई भनेका छन्– ‘कोरोना जित्न आत्मबल ठुलो कुरा हो, म कोरोना जिते लगत्तै सगरमाथाको चुचुरो पुगेर आएको छु । कोरोना संक्रमण भएँ भन्दै आत्माबल कमजोर नबनाउन सबैमा आग्रह गर्दछु ।’

जाङ्ग्बुले २००३ देखि २०१९ सम्म १६ पटक सगरमाथा आरोहण गरिसकेका छन् । यो उनको १७ औ आरोहण हो । २०२० भने कोरोनाका कारणले सगरमाथा आरोहरण गर्न नसकेको उनको भनाई छ । जाङ्ग्बु पछिल्लो समय सामाजिक सेवामा पनि तल्लिन छन् । उनले दुुर्गममा रहेको पिडित दुखि असाहयलाई सहयोग समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्