Logo
Logo

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गाविन्दप्रसाद कालौनीले नवनियुक्त मन्त्रीहरु गोपाल शर्मा र सीता नेपालीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका सचेतक नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री शाहीले गत बुधबार नै तीन मन्त्री मन्त्री नियुक्त गरेका थिए । तर, मन्त्री नियुक्ति र मन्त्रालय विभाजनमा कांग्रेसको असहमति देखिएपछि उनीहरुको शपथग्रहण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्