Logo
Logo

कोरोनाबाट थप २१४ जनाको मृत्यु, ९ हजार २४७ जना संक्रमित


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । गत २४ घण्टामा देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देशभर ९ हजार २ सय ४७ जना संक्रमित थपिएका छन् । २१ हजार ६ सय ५३ जनाको पिसिआर गर्दा ९ हजार १ सय ९८ जना र एन्टीजेन गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो।

कुल संक्रमितमध्ये हाल १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन् । हाल ७ सय ८ जना संक्रमित क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000