Logo
Logo

बेइजिङबाट थप ९७५ अक्सिजन सिलिण्डर नेपालमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडबडी जहाजले चीनबाट १ हजार ३ सय ७५ अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ ।

आइतबार र सोमबार गरि थप ९ सय ७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएसँगै अक्सिजन सिलिन्डरको संख्या १३ सय ७५ पुगेको हो ।

यी उडानाबट कुल १ सय ५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । निगमको जहाज आज र भोलि समेत बेइजिङ जाँदैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने उनले जानकारी दिए ।

उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् । नेपाल एयरलाइन्सले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याइरहेको छ ।

यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत साढे ५ सय अक्सिजन सिलिण्डर नेपाल ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्