Logo
Logo

कोरोनाबाट थप १०९ जनाको मृत्यु, ४ हजार ३६९ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ ।

देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार २७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहा–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

यस्तै, सोही अवधिमा देशभर जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा अधिकारीले जानकारी दिए। एन्टिजेन परीक्षणबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्