काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने चेतावनी दिएकाे छ। प्राधिकरणले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्न सक्ने बताएकाे हाे ।
अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना भएकाले यस वर्ष विपद्को घटना बढ्ने पूर्वानुमान प्राधिकरणकाे छ ।
बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपद्बाट बच्न पूर्वतयारी आवश्यक रहेको प्राधिकरणले जनाएकाे छ ।