Logo
Logo

जबजको मार्गदर्शनमा रहेर समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा आज अखिल नेपाल महिला सङ्घले आज भर्चुअल रुपमा आयोजना गरेको ‘जबज, नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धी’ विषयक कार्यक्रममा उनले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको नेतृत्वमा उक्त समृद्धिको यात्रा सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कार्ल मार्क्सले नेपाली समाजको बहुलतासहितको अध्ययन गर्न पाएको भए मार्क्‍सवादमा त्यसबेलै केही परिमार्जन हुन्थ्यो । जननेता मदनकुमार भण्डारीले मार्क्‍सवादलाई सिर्जनात्मक प्रयोग र विकास गर्दै ‘जबज’ प्रतिपादन गर्नुभयो । हामी ‘जबज’ लाई खोपको भीमसेन बनाउने पक्षमा नभई यसलाई समाजवाद स्थापनाको यात्रामा क्रमिक विकास गर्दै अघि बढिरहेका छौँ ।’’

एमालेका केन्द्रीय सदस्य डा. वृन्दा पाण्डेले आधुनिक समाजमा पनि पितृसत्तात्मक प्रवृत्तिविरुद्ध महिलाहरु सङ्घर्षरत हुनु परेकाले समृद्धि र महिला आन्दोलनलाई जोड्न नसकिएमा समाजवाद हासिल नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्