Logo
Logo

काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने तयारी


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौँ उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको हो । गत साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने निर्णय गर्दै निषेधाज्ञा लम्ब्याउने तयारी गरेको हो ।

उपत्यकामा लगाइएको निषेधाज्ञाको म्याद जेठ २० गते सकिादैछ । पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गइरहेकाले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्