Logo
Logo
लुम्बिनीमा एमालेको चेतावनी

अविश्वास प्रस्ताव ल्याए अध्यादेशबाट बजेट ल्याउने


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा  (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए संसद् अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने चेतावनी दिएको छ।

बुधबार देखि सुरु भएको प्रदेशको वर्षे अधिवेशनमा सरकारको आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएपछि एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जस्केलाबाट मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइए संसद् चल्न नदिने चेतावनी दिएका हुन् ।

बैठकमा प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिए ।

बहुमतका लागि ४१ जना सांसदसहति दाबी गर्नु पर्नेमा पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दाबी गरेकाले सरकारले वैधानिकता गुमाएको उनीहरुको दाबी थियो ।

कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खानले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएपनि अहिले उपधारा २ बमोजिम दुई दलको सरकार बनेकाले सोही अनुसार वर्तमान सरकारले गठन भएको एकमहिनाभित्र विश्वासको मत लिन माग गरे । 

माओवादी केन्द्रका सदस्य सुदर्शन बरालले अवैधानिक रुपमा मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिनुबाहेक अरु विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्