Logo
Logo

गिट्टी-बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती कदम : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन् । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्