Logo
Logo

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते गर्ने निर्णय


दृष्टि संवाददाता


काठमाडौं । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो ।

कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्