Logo
Logo

कोरोनाबाट चिकित्सकको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ ।

कपिलवस्तु घर भएका ३५ वर्षीय फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको हो ।

कोरोना संक्रमणपछि उनलाई २० वैशाखमा मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्