Logo
Logo

सर्दु जलाधार क्षेत्रलाई आरक्षित क्षेत्र बनाऔँ


- दृष्टि न्युज/संवाददाता


धरान । हावा, पानी र स्वच्छ वातावरण कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको सर्दु जलाधार जस्तो महत्वपूर्ण क्षेत्रलाई चाँडै नै आरक्षित क्षेत्र घोषणा गरेर अघि बढ्नुपर्ने कुरामा राजनीतिक दलहरुले धारणा बनाएका छन् ।

विश्व पानी दिवसको अवसरमा उद्योग वाणिज्य संघको सभा हलमा आयोजित शहरी जलाधार क्षेत्रको व्यवस्थापन विषयक अन्तरक्रियाका सहभागि हरुले सो धारणा व्यक्त गरेका थिए । आफनो धारणा राख्दै प्रदेश १ का सासद उमिता वराईलीले सर्दु जलाधार क्षेत्रको दिगो सरक्षण गर्ने हो भने यसलाई धरान उपमहानगर पालिकाले अविलम्व आरक्षित क्षेत्र धोषणा गर्नु वान्छनिय भएको वताए । यसै गरी सभासद किरण कुमार राई ले जलाधार क्षेत्रको सरक्षण र सम्वर्घन गर्ने चावि पाएको धरान उपमहानगर पालिका ले विशेष चासो दिएमा सवै समस्या समाधान हुन सक्ने वताउदै यसको लागी सवै पक्षको प्रतिनिधित्व भएको एक शतिmशाली सरक्षण समिति गठन गर्न सुझाव दिएका थिए । अन्तरक्रियामा वोल्दै नेकपा धरान नगरका नेता अईन्द्र विक्रम वेधाले जलाधार क्षेत्रको जमिनमा मानवीय चलखेल वडनु , विक्रि वितरणमा धरानकै वुद्धिजीवीहरुको सलग्नता देखिनु दुर्भाग्य भएको वताए ।
धरान नगर पालिकाको सहयोगमा वातावरण तथा पर्यटन विकाश केन्द (सेड नेपाल) ले आयोजना गरेको सो कार्यक्रम वारे प्रकाश पार्दै सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले शिवजटा देखि पकुवा खोला सम्म फैलिएको जलाधार क्षेत्रलाई व्यवस्थि गर्न अविलम्व उपमहानगर पालिकाले एक अधिकार सम्पन्न धरान एकिकृत जलाधार सरक्षण समितिको गठन गरी गुरु योजना वनाई अधि वडनु पर्ने प्रस्ताव पढेर सुनाएका थिए । सो प्रस्तावमा जलाधार क्षेत्रको हालको विग्रन्दो अवस्थालाई सुधार गर्न नगर पालिका वा वार्ड समिति मात्र प्रयाप्त नभई सर्व पक्षिय समिती को गठन गर्न आवश्यक भएको र सो समितिले मात्र जलाधार सरक्षणको समस्या समाधान गर्न सक्ने राय दिएको थियो ।
सो कार्यक्रममा धरान वार्ड न १३ का वडाध्यक्ष नेत्र काफले, सधिय समाजवादि पार्टि फोरमका पोलिटव्युरो सदस्य दिपक मेयान्डवो, भुपु व्रिटिश सेना एकता समाजका अध्यक्ष गजेन्द्र ईस्वो र गौतम श्रेष्ठले पनि सरक्षण समितिको आवश्यक माथि औल्याएका थिए ।

पानीको मुहानमा सरसफाई अभियान
‘कोहि पछि नपरुन’ भन्ने नाराका साथ विश्व भरी मनाईएको विश्व पानी दिवश को अवसरमा धरान नगर पालिकाको सहयोगमा वातावरण तथा पर्यटन विकाश केन्द्रले आयोजना गरेको मुहान सरसफाई कार्यक्रम विहिवार सम्पन्न गरेको छ ।
धरान १३ र २० वडा अन्तर्गत पर्ने सर्दु जलाधार क्षेत्रको ओशो आश्रम नजिकको खोला मा सरसफाई गरी झण्डै १० वोरा प्लाष्टिकजन्य फोहोर मैलाहरु सकलन गरी जलाईएको थियो । स्थानिय विधालयहरुले सरस्वती पुजाको सामग्री विसर्जन गरेर फोहोर पारेका सवै सामानहरु नदिवाट वाहिर निकालिएको थियो । सो सरसफाई कार्यक्रममा सेड नेपालका पदाधिकारीहरु लगायत व्रिटिश वेलफेयर कार्यालयका कर्मचारीहरु, स्थानिय लाली गुरास आमा समुह ,ओशो सन्यासीहरुको सहभागिता रहेको थियो ।
सरसफाई पश्चात आफनो धारणा राख्दै व्रिटिश वेल फेयर ग्रामिण खानेपानी आयोजनाका अधिकृत प्रितम थापा ले जलाधार क्षेत्रमा देखिएको फोहोर मैलाको थुप्रोले यहा धेरेै जनचेतनाको अभाव रहेको महसुस गरेको वताए ।

प्रतिक्रिया दिनुहोस्