Logo
Logo

तीन खेलाडीको अर्धशतकमा विराटनगरले जकनपुरलाई दियो १७५ रनको लक्ष्य


0
Shares

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो । विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे ।

लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहे । बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।

आजको यो खेल जित्ने टोली शीर्ष स्थानमा पुग्नेछ । जनकपुरले ३ खेलमा २ जित र विराटनगरले ३ खेलमा १ जित र २ हार निकालेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000